जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

जसपाबाट प्रतिनिधि सभा सांसद रहेकी अन्सारीको काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आइतबार बिहान ७ः५५ बजे निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिए ।

जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई सांसद बनाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस