बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन् । आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उपप्रधान तथा गृहमन्त्री लामिछानेले उक्त निर्देशन दिएका हुन् ।

चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने तयारी गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए ।

सम्बन्धित समाचार : बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी 

Tags :
प्रतिक्रिया दिनुहोस