आगलागीमा परी तीन बालबालिकाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आगलागीमा परी तीन बालबालिकाको मृत्यु


३ चैत्र २०८०, शनिबार


भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । 

हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी र्दिए । आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस