पुरानो पुस्ताको जिम्मेवारी नयाँ पुस्ताले काँध थाप्ने आँट गरौँ : सुनिता डंगोल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुरानो पुस्ताको जिम्मेवारी नयाँ पुस्ताले काँध थाप्ने आँट गरौँ : सुनिता डंगोल 


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताएकी छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन दिनुपर्ने बताइन् । उनले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन आग्रह गरिन् ।

देशको राजनीति र विकासमा नयाँ पुस्ता आउन जरुरी रहेको बताइन् । राजनीतिमा आउने पुस्ताले पुरानाहरूलाई उत्तिकै सम्मान दिनुपर्ने बताइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस