सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा बोलाउँदै सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औँल्याएसँगै उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस