फागुनमा मात्रै बिदेसिए साढे ६५ हजार नेपाली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फागुनमा मात्रै बिदेसिए साढे ६५ हजार नेपाली


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । एक महिनामा अवधीमा साढे ६५ हजार नेपाली विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै बिदेसिने गरेका छन् ।

फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ ।

फागुन २०८० मा काम खोज्दै बिदेसिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो ।

अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको सङ्ख्याले रेकर्ड राखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस