नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरु हुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ । 

नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बङ्गलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको थियो । एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।

नेपाली टोली आज मलेसियासँग मैत्रीपूर्ण खेल सकेपछि उतैबाट बहराइनसँग खेल्न त्यसतर्फ प्रस्थान गर्ने छ । 

नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको मैदान प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ । नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ ।

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा युएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस