चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मंगोलियाका गैर आवासीय राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मङ्गोलियाका गैरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

उक्त समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति  थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस