अर्थतन्त्र संकटमा छ, महतको दाबी मिल्दैन : विष्णु पौडेले « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थतन्त्र संकटमा छ, महतको दाबी मिल्दैन : विष्णु पौडेले


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा सुधार नभएको दाबी गरेका छन्। प्रतिनिधि सभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलको क्रममा उनले पुनर्लेखन गर्न सुझाव दिएका हुन्।

उनले भने, ‘निवर्तमान अर्थमन्त्री प्रकाश शरण महतले समस्या चिनेको र समाधान दिन सक्ने सिद्धान्त र प्राथमिकता नआएको हुनले यसलाई पुनर्लेखन गरेर समस्या चिन्न सक्ने र समाधान दिन सक्ने अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने आर्थिक मन्दीबाट मुलुकलाई बाहिर निकाल्न सक्ने गरी पुनर्लेखन गर्नुपर्छ।

अर्थतन्त्र लगातार मन्दी र संकटमा रहे पनि तत्कालीन अर्थमन्त्री राम्रो हुँदै छ भनेको कुरामा सत्यता नभएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस