प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए ।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको प्रजिअ न्यौपानेले बताए ।  उनको टाउकोमा चोट लागेको छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।

बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस