उदयपुर जीप दुर्घटनामा मृतकको संख्या आठ पुग्यो, सबैको पहिचान खुल्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उदयपुर जीप दुर्घटनामा मृतकको संख्या आठ पुग्यो, सबैको पहिचान खुल्यो


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालक मान बहादुर बस्नेत-हतुवागढी गाउँपालिका-२, चन्द्रप्रकाश राई-हतुवागढी-२, रामकुमारी राई हतुवागढी-५, बहादुर थापा-बराहक्षेत्र-३, ६ महिने कोदिशान राई हतुवागढी-२, कमला अधिकारी इटहरी, पर्वतमाया राई-हतुवागढी-२ को घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै हतुवागढी-५ किसन राईको बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते विशेष पराजुली कानेपोखरी, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई र निकिता कटुवाल रहेका छन् । उनीहरुको् उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस