सांसदको सिफारिसमा ५० करोड दिन माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सांसदको सिफारिसमा ५० करोड दिन माग


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँका योजना दिन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रका सांसदको सिफारिसमा उक्त रकम बराबरको योजना दिन माग गरेका हुन् ।

उनले सांसदहरूलाई ५-१० करोड रुपैयाँ मात्रै नचाहिएको बताए । सांसद घिमिरेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरूको भूमिका नभए बजेट पारित गर्न नदिने चेतावनी समेत दिए ।

उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पारित गर्नको लागि सहयोगी मात्रै बन्दैनौँ । बजेटमा विपक्षी सांसदको ठूलो भूमिका हुन्छ भन्ने कुराको नजिर स्मरण गराउँछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस