सीआईबीले कागज गरेर छाडेका २१ जना पनि जाँचबुझ आयोगको दायरामा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सीआईबीले कागज गरेर छाडेका २१ जना पनि जाँचबुझ आयोगको दायरामा


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छाडेका व्यक्तिहरू उच्चस्तरीय सुन जाँचबुझ आयोगको छानबिनको दायरामा परेका छन् ।

सीआईबीले कागज मात्र गराएर छाडेको २१ जनालाई फेरि बयान गराइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताएका छन् ।

विद्युतीय सिगरेट (भेप) र ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा प्रतिवादी रहेका ३३ जनालाई आयोगले पुनः बयान लिएको थियो । त्यसक्रममा ब्युरोकाले कागज गराएर छाडेका थप २१ जनासँग बयान लिइएको आचार्यले बताए ।

अनुसन्धानका क्रममा आयोगले थप १४ जनासँग समेत सोधपुछ गरेको उनले बताए । आचार्य नेतृत्वको आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझेपछि गृहमन्त्री लामिछानेले आफू प्रतिपक्षमा भएका बेला पनि आयोगलाई कतिपय सुझावहरू लिखित रूपमा दिएको स्मरण गराए । उनले राजनीतिक नेतृत्वसँग कनेक्सन भएका भनिएका जीवन चलाउनेलाई भगाइएको विषय प्राथमिकताका साथ संसदमा उठाएका थिए ।

जाँचबुझ आयोगका एक सदस्यका अनुसार, चलाउने समेत आयोगको जाँचको दायरामा परेका थिए । त्यसक्रममा सीआईबीले उनलाई कागज गराएर छाडेको भेटिएको पाइएको अधिकृतहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस