आगलागीपछि बन्द कर्णाली पुल अझै केही दिन नखुल्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आगलागीपछि बन्द कर्णाली पुल अझै केही दिन नखुल्ने


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ। कैलालीको चिसापानीस्थित कर्णाली पुल अझै सञ्चालनमा आएको छैन । सोमबार साँझ पुलमा आगो लाग्दा सामान्य क्षति भएको उक्त पुल अझै सञ्चालनमा आउन नसकेको हो । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरू हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् । सोमबार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासी आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो पुलका लठ्ठाहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको छ । स्रोतका अनुसार आगालागिबाट पुलका दायाबाँयातर्फका ७/७ वटा लठ्ठा जलेको पाइएको छ ।

जलेका केबलसहित पुलको सतहको मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारीसाधन चलाउन नमिल्ने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस