वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


३० फाल्गुन २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस