बलम्बु घटना : इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बलम्बु घटना : इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीलाई छानबिन प्रतिवेदन बुझाएको हो ।

६ फागुनमा प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको थियो । सो घटना छानबिन गर्न ७ फागुनमा छानबिन समिति गठन गरिएको थियो ।

इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठको कमजोरीका कारण गोली चलेको छानबिन समितिको निष्कर्ष छ । गोली लागेर इन्स्पेक्टर श्रेष्ठका बडीगार्ड र एक जना सेवाग्राही सामान्य घाइते भएका थिए । छानबिन समितिले इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

श्रेष्ठले पेस्तोल चेकजाँच गर्दा अचानक पड्किएको समितिमा बयान दिएका छन् । तर, ‘वेपन क्लियरिङ जोन’ मा हतियार चेकजाँच गर्नुपर्नेमा श्रेष्ठले कार्यालयभित्र नै चेकजाँच गरेको हुनाले उनको ‘व्यावसायिकतामा त्रुटि’ देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले प्रतिवेदन बुझाएको र त्यसबारे अध्ययन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सम्बन्धित समाचार : इन्स्पेक्टर श्रेष्ठ जिम्मेवारीबाट हटाइए, सोधपुछका लागि तानिए जिल्ला प्रहरी परिसर

सम्बन्धित समाचार : प्रहरी निरीक्षकले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुईजना घाइते 

Tags :
प्रतिक्रिया दिनुहोस