पीएनजीसँग नेपालको ८६ रनको लज्जास्पद हार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पीएनजीसँग नेपालको ८६ रनको लज्जास्पद हार


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ ।

नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

नेपालका लागि कुनै पनि खेलाडीले गतिलो स्कोर बनाउन सकेनन्। सन्दीप जोराको १७ रन सर्वाधिक रनका रूपमा रह्यो। त्यस्तै आरिफ शेखले १५ रन बनाएका थिए थप दोहोरो स्कोरका रूपमा रोहित पौडेलको १२ रन रह्यो।

नेपालका कुनैपनि खेलाडीले आफ्नो इनिङमा छक्का प्रहार गर्न सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा पिएनजीका लागि कबुवा मेरिया, सिमोन कमिया, चाद सोपर र सेसे बाउले समान २/२ विकेट लिए।

त्यसअघि पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाउँदा एली नाओ ३० रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै किपलीन डोरीगाले १४ रन बनाउँदा हिला भरेले १८ रन बनाए।

थप दोहोरो स्कोरका रूपमा हिरीहिरीले १५ रन बनाएका थिए। नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले समान ३/३ विकेट लिँदा करण केसी र गुल्सन झाले समान १/१ विकेट लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस