नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बन्यो भाइबर « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बन्यो भाइबर


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । सामाजिक सञ्जाल भाइबर नेपालमा दर्ता भएको छ । योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक बनेको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको हो ।

लिंकदिन् र स्न्याप च्याट पनि दर्ताको प्रक्रियामा रहेको मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस