काठमाडौँ । देशभरका ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको ६औँ महाधिवेशन तथा १५औँ वार्षिक साधारण सभा चैत ३ गते काठमाडौँमा हुने भएको छ ।
साधारण सभाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यमा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।
महाधिवेशन तथा वार्षिक साधारण सभामा देशभरबाट तीन सयभन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहने छ । २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघका १८ वटा स्थानीय संस्थाहरू समेत आबद्ध रहेका छन् ।
छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारण सभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ ।







