पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

लिग चरणको खेलमा नेपालले पीएनजीलाई एक पटक हराइसकेको छ । फाइनल खेल बिहान ११ः ४५ बजे सुरु हुनेछ । यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृङ्खलामा तेस्रो भएको थियो । आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङको राष्ट्रिय टोली तेस्रो भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस