प्रतिनिधि सभा : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधि सभा : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज लिने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेका कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन् । सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो ।

बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक-सचेतकहरूको उपस्थिति रहेको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ ।

सत्ता गठबन्धनमा हेरफेर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस