२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने

अ+ अ-

काठमाडौँ । अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो ।

डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरू रहेका थिए । उक्त सबै चुनौतीहरूलाई पछि पार्दै ट्रम्प नै रिपब्लिकन पार्टीबाट उम्मेदवारको रूपमा अगाडि आएका छन् । 

अन्तिमसम्म प्रतिस्पर्धामा रहेकी निक्की हेली चुनावी मोर्चाबाट हटेपछि ट्रम्पलाई सहज भएको हो । अमेरिकाको ७० वर्षको इतिहासमा पहिलो पटक लगातार दुई चुनावमा एउटै उम्मेदवार हुने छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डोनाल्ड ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो । अमेरिकामा डेमोक्याट्रिक र रिपब्लिकन पार्टीहरूले राष्ट्रपति पदका लागि प्राथमिक चुनावहरू जित्ने उम्मेदवारलाई मात्रै उम्मेदवार बनाउँछन् ।

बाइडेनलाई डेमोक्रेट क्याम्पबाट मनोनयन दौड जित्न १९६८ प्रतिनिधि चाहिन्छ । जर्जिया बाहेक मिसिसिपी, वाशिंगटन राज्य, उत्तरी मारियाना टापुहरूमा पनि बाइडेनको राम्रो समर्थन छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पलाई धेरै प्रमुख राज्यहरूमा राम्रो समर्थन मिलिरहेको छ । उम्मेदवारी स्वीकृत भएपछि बाइडेनले भने ट्रम्पको अभियानलाई ‘आक्रोश र बदलाको अभियान’ संज्ञा दिएका छन् ।

चार वर्षअघि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए । पहिलो पटक क्यापिटल हिलमा ठूलो अशान्ति भएको थियो । अहिले पनि क्यापिटल हिल प्रकरणका आरोपीहरूलाई सजाय तोकिएको छ । ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा क्यापिटल हिल प्रकरणमा दोषी ठहरिएकालाई सजाय माफ गर्ने बताइसकेका छन् ।