हङकङलाई हराउँदै पीएनजी फाइनलमा, उपाधिका लागि भोलि नेपालसँग भिड्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हङकङलाई हराउँदै पीएनजी फाइनलमा, उपाधिका लागि भोलि नेपालसँग भिड्ने


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हराएको हो ।

हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले १२ रन अतिरिक्त दियो ।

यसअघि घरेलु मैदान मोङ कोकमा टस जितेर ब्याटिङ गरेको हङकङ १८ ओभर ३ बलमा १ सय २१ रनमा अल आउट भयो । हङकङका जेशान अलीले नट आउट ५५ रन बनाए । पीएनजीका कबुआ मोरे, अलेई नाओ, असाद भाला र सेसे बाउले समान २ विकेट लिए ।

अब पीएनजीले फाइनलमा भोलि नेपालसँग खेल्नेछ । यसअघि आजै भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग टी-२० खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस