गैरकानूनी धन्दा र गुण्डागर्दी गर्नेलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गैरकानूनी धन्दा र गुण्डागर्दी गर्नेलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले गैरकानूनी धन्दा चलाउने र गुण्डागर्दी गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्नु नपर्ने बताएका छन् । राष्ट्रसेवक प्रहरीहरूलाई अपिल गर्दै उनले ऐन अनुसार कारबाही गर्न भनेका छन् ।

अपिलमा उनले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन । ऐन पल्टाउनुस् र देखाइदिनुस् कानूनी राज्य भनेको के हो । तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टी वाला होइन, देश वाला) !!’

Tags :
प्रतिक्रिया दिनुहोस