गठबन्धनमा लिखित सहमति गर्न माधव नेपाललाई सुझाव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धनमा लिखित सहमति गर्न माधव नेपाललाई सुझाव


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित सहमति गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

नेकपा एमालेसहितको नयाँ समीकरण बनाउँदा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी चार दलबीच मात्रै लिखित सहमति भएकाले आफ्नो दलसँग पनि लिखित सहमति हुनुपर्ने सांसदहरूको भनाइ छ ।

उपमहासचिव प्रकाश ज्वालाका अनुसार यो गठबन्धनलाई अगाडि बढाउन गरिने सहमतिहरूमा एकीकृत समाजवादी पनि औपचारिक रूपमै सहभागी हुनुपर्ने सांसदहरूको सुझाव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस