नक्कली औषधि पसल सिल, सञ्चालक पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नक्कली औषधि पसल सिल, सञ्चालक पक्राउ


२८ फाल्गुन २०८०, सोमबार


बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ चौधरीपुर्वाबाट एक जना नक्कली औषधि बिक्रेता पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयले विकास लखेर नाम गरेका नक्कली औषधि विक्रेतालाई पक्राउ गरेको हो ।

उनको नक्कली औषधि पसलसमेत सिल गरेको प्रशासनले जनाएको छ । पसलमा रहेका ७५ प्रतिशत बढी औषधि म्याद गुज्रिएको अवस्थामा रहेको पाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । ‘विकाससँग औषधि विक्री गर्ने न त कुनै योग्यताको प्रमाण पत्र छ, न त पसल प्रचलित कानूनबमोजिम दर्ता नै भएको छ’, प्रजिअ पोखरेलले भने ।

औषधिहरूको उपयोग म्यादमा पनि हातैले ओभर राइट गरी थप गरिएको पाइएको छ । बरामद भएका केही औषधिहरू नेपालमा उपयोग गर्न निषेध गरिएको प्रकृतिका रहेका छन् ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता विकासलाई औषधि विक्री वितरण सम्बन्धी कानून बमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस