उद्योग महासंघले १० अर्बको लगानीमा कम्पनी खोल्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उद्योग महासंघले १० अर्बको लगानीमा कम्पनी खोल्दै


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्जज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा उक्त जानकारी दिएका हुन् ।

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए ।

राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेण्डा हुन नसक्दा समन्वयमा र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस