प्रदीप ज्ञवालीको प्रष्टीकरण : नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप भएको छैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदीप ज्ञवालीको प्रष्टीकरण : नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप भएको छैन


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको बताएका छन् ।

नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनैपनि खालको बाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समीकरण बनेको प्रष्टीकरण दिएका हुन्।

उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरूले, स्वदेशकै खेलाडीहरूले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रूपमा रहेको समेत स्वीकार गरे। उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरू, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस