जनताले महसुस गर्नेगरी काम गर्ने मन्त्री गिरीको प्रतिबद्धता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनताले महसुस गर्नेगरी काम गर्ने मन्त्री गिरीको प्रतिबद्धता


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको बताएका छन् ।

रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले सबै जनतामा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको भन्दै सरकारले त्यसलाई पूरा गर्ने दाबी गरे । रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको उनले बताए ।

‘आज हाम्रा साथीहरू देशभित्र रोजगारी नपाएर बिदेसिनु परेको छ । यो अत्यन्तै कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ । म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरू विदेशतिर पलायन हुने होइन, यही देशभित्र रोजगारी सृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्ने हुन्छ’, गिरीले भने ।

उनले नेपालमा छोटो छोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरूको चलखेल रहने गरेको बताए ।

’हाम्रो देशमा भएको राजनीतिक अस्थिरता, वर्ष दिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दा पनि हाम्रो विकास निर्माणका कामहरू अवरुद्ध भएका छन् । हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौँ। यो यथार्थ हो’, उनले भने ।

यस्तै उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस