भारतलाई स्तब्ध पार्दै बंगलादेश जित्यो साफ यु-१६ च्याम्पियनसिपको उपाधि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भारतलाई स्तब्ध पार्दै बंगलादेश जित्यो साफ यु-१६ च्याम्पियनसिपको उपाधि


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । साफ यु-१६ महिला फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

भारतलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो। यसअघि बंगलादेशले समूह चरणमा पनि भारतलाई हराएको थियो।

बंगलादेशको किशोरी टोलीले आइतबार भएको फाइनलमा भारतविरुद्ध १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बराबरी गर्दै खेल पेनाल्टी सुटआउटमा पुर्‍याएको थियो।

भारत र बंगलादेशबीच निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। साविक विजेता बंगलादेशको यो दोस्रो उपाधि हो। बंगलादेशको गोलपोस्ट सम्हालेकी इयरजान बेगमले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै भारतका तीन प्रहार रोक्दै टिमलाई च्याम्पियन बनाइन्।

Tags :
प्रतिक्रिया दिनुहोस