प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच भेटवार्ता


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ ।

चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन् ।

भेटका क्रममा दुई देशका सेनाबीचको सहकार्य विषयमा छलफल भएको सैनिक जङ्गी अड्डाले जनाएको छ । नेपाल भ्रमणमा बाओक्वुन नेतृत्वको ६ सदस्यीय टोली चार दिने नेपाल बसाई सकेर सोमबार स्वदेश फर्कँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस