प्रधानमन्त्रीको वरियतामा रवि लामिछाने तीन र उपेन्द्र यादव चार नम्बरमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीको वरियतामा रवि लामिछाने तीन र उपेन्द्र यादव चार नम्बरमा


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र त्यसै पार्टीका नेता नवलकिशोर साह सुडी मन्त्री बनेका छन् ।

यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र सुडी वन तथा वातावरण मन्त्री बनेका छन् । यादव मन्त्रिपरिषदमा पाचौं वरियतामा छन् । प्रधानमन्त्रीको वरियतामा रहेका चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् ।

यादव २०६५ सालमा ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थिए । त्यसपछि उनी २०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री थिए । पछि उनलाई ओलीले स्वास्थ्यबाट हटाएर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएका थिए ।

उपप्रधानमन्त्रीहरूको वरियता निर्धारण गर्दा दलको संसदमा रहेको हैसियतका आधारमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस