स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा पदभार ग्रहण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा पदभार ग्रहण


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पुर्‍याउनु नै चुनौती भएको बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेका यादवले अस्पतालमा परीक्षण वा सर्जरीका लागि अनलाइन वा डिजिटल प्रविधिमार्फत घरबाटै समय लिन सक्ने व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यसपछि संक्षिप्त कुरा गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पुर्‍याउनु नै चुनौती भएको बताए । उनले अगाडि भने, ‘पहिला पनि राम्रै फिड ब्याक आएको छ । त्यो भन्दा अगाडि बढाउन सकिन्छ भनेर आएको हुँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस