राष्ट्रिय सभा निर्वाचन फागुन २९ गते नै हुने, काँग्रेसको प्रस्ताव अस्वीकृत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा निर्वाचन फागुन २९ गते नै हुने, काँग्रेसको प्रस्ताव अस्वीकृत


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने काँग्रेसको प्रस्ताव अस्वीकृत भएको छ । फागुन २९ गतेका लागि तय भएको निर्वाचन सार्ने प्रस्ताव अस्वीकृत भएको हो ।

आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा काँग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केही दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए । अन्य दलहरूले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ ।

यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । यही अनुसार जाने निर्णय भएको नेताहरुले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस