जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दै छन् । जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै छन् ।

यादव र साहले बिहान ११ बजे शितलनिवासमा मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि नै सत्ता गठबन्धनको एक घटकका रूपमा रहेको जसपाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई काँग्रेससँग गठबन्धन तोड्दा देखि नै साथ दिएको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा भने पार्टीभित्रको विवादका कारण नाम पठाउन सकिरहेको थिएन । 

आफूले चाहेको मन्त्रालय पाउने भएपछि अध्यक्ष यादव आफैँ सरकारमा सहभागी भएका छन् । यसअघि काँग्रेससँगको गठबन्धन सरकारमा पनि मन्त्री बन्न चाहेका यादव उपप्रधानमन्त्री बन्न नपाउने भएपछि सरकारमा गएका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस