राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि  बस्दै छ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

शनिबार पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा पछिल्लो सत्ता समीकरण, नेकपा (एमाले) र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनबारे पनि छलफल भइरहेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बैठकमा त्यसबारे पनि सदस्यहरूले धारणा राखेको राप्रपाले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस