मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


२६ फाल्गुन २०८०, शनिबार


इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । मृतक दुवै काका भतिजा हुन् । 

 विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १-०२-०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

ट्रक चालक इटहरी-२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस