झापा गोल्डकप : चर्च ब्वाइज र झापा-११ बीच प्रतिस्पर्धा  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

झापा गोल्डकप : चर्च ब्वाइज र झापा-११ बीच प्रतिस्पर्धा 


२६ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा-११ बीच प्रतिस्पर्धा हुँदैछ । 

विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको खेलमा चार पटकको झापा गोल्ड कपको उपाधि विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० विभिन्न टिमले सहभागिता जनाएका थिए । फाइनल खेलको विजेताले नगद १३ लाखसहित ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस