निजामती कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निजामती कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन  शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा)ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधिको लागि आवेदन खुला गरेको जनाएको छ ।

निजामती सेवा ऐन तथा नियमावलीका प्रावधान र तोकिएका मापदण्ड अनुसार शिक्षा मन्त्रालय तथा अन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक उम्मेदवारले ६ चैतभित्र आवेदन दिनुपर्नेछ ।

मन्त्रालयले वाटर इन्जिनियरिङ एन्ड युटिलिटी म्यानेजमेन्ट फर फ्युचर लिडर्स, ग्लोबल एजुकेसन लिडरसिप लगायत ६ वटा शैक्षिक कार्यक्रमको लागि ४२ वटा छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस