रास्वपाले भन्यो-इलाम-२ को उपनिर्वाचनमा सहकार्य नगरी प्रतिस्पर्धा गरौँ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रास्वपाले भन्यो-इलाम-२ को उपनिर्वाचनमा सहकार्य नगरी प्रतिस्पर्धा गरौँ


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनमा राजनीतिक दलहरूका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ, इलामको उपनिर्वाचनमा हामी (राजनीतिक दलहरू) प्रतिस्पर्धा गरौँ, सहकार्य नगरौँ ।’

एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । रास्वपाले उक्त उपनिर्वाचनमा एक्लै चुनाव लड्ने उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस