रेसुङ्‍गा विमानस्थलबाट विस्थापित परिवारद्वारा लालपुर्जा र रोजगारी माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रेसुङ्‍गा विमानस्थलबाट विस्थापित परिवारद्वारा लालपुर्जा र रोजगारी माग


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । गुल्मीको रेसुङ्‍गा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवारले लालपुर्जा लगायत समस्या समाधान गर्न माग गरेका छन् ।

विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरिएको थियो ।

विमानस्थल निर्माण क्रममा विस्थापित भएका घर परिवारलाई प्रदान गरिएको जग्गाको लालपुर्जा उनीहरूले हालसम्म पनि पाएका छैनन् । लालपुर्जा, रोजगारी लगायतका माग गर्दै विमानस्थलबाट विस्थापित संघर्ष समितिले रेसुङ्‍गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीलाई ज्ञापन पत्र बुझाएका छन् ।

गुल्मीको रेसुङ्‍गा नगरपालिका-१० मा रहेको रेसुङ्‍गा विमानस्थलमा गत वैशाखदेखि नियमित उडान हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस