प्रधानमन्त्रीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्रीले ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

यसअघि विपक्षमा रहेका दलहरूले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए । यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए ।

फागुन २१ गते स्थगित भएको बैठक आज ११ बजेका लागि बोलाइएको हो । यद्यपि ११ः १५ बजेसम्म पनि संसद सुरु भएको छैन । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस