एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरियो


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिएको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी सुदूरपश्चिम सरकारबाट बाहिरिएको हो ।

समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री बनेका नरेशकुमार शाहीले केन्द्रमा समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने भन्दै राजीनामा दिएका छन् ।

चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

अब मुख्यमन्त्री कमलबहादुर शाहलाई काँग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । जबकि सरकार जोगाउन २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस