त्रिभुवन विमानस्थलमा अप्रिल १ देखि उत्तरी दिशाबाट जहाज अवतरणमा रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिभुवन विमानस्थलमा अप्रिल १ देखि उत्तरी दिशाबाट जहाज अवतरणमा रोक


२४ फाल्गुन २०८०, बिहिबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी चैत्र १९ (अप्रिल १)देखि उत्तरी दिशाबाट जहाज अवतरणमा रोक लगाइएको छ । 

‘रनवे टूजिरो’को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’मा काम गर्नुपर्ने भएकाले असार १६ (जुन ३०)सम्मका लागि जहाज अवतरणमा रोक लगाइएको विमानस्थल कार्यालयले जनाएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दिपेन्द्र श्रेष्ठले भने, ‘अप्रिल १ देखि जुन लास्टसम्म रनवे टूजिरो बन्द गर्न लागिएको हो ।’ 

विमानस्थलको तीन हजार ४५ मिटर लामो रनवेको उत्तरतिरको २३६ मिटर बन्द हुन लागेको हो । रनवेको २३६ मिटर घट्ने भएकाले ठूला जहाजलाई रनवे नपुग्ला भनेर अवतरणमा रोक लगाइएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘ठुला जहाजलाई रनवे नपुग्ला भन्ने हो । अर्कोतर्फ निर्माण कार्य हुँदै गर्दा निर्माण सामग्री पनि हुन सक्छन्, त्यसैले टूजिरो बन्द गर्न लागेका हौँ ।’ विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस