अर्थमन्त्री पुनले भने-मैले बोलेर भन्दा पनि काम गरे भने निराश हुनुपर्ने छैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री पुनले भने-मैले बोलेर भन्दा पनि काम गरे भने निराश हुनुपर्ने छैन


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले अहिलेका समस्यामा अर्थतन्त्रमाथि आशा जगाउने सकिने बताएका छन् । 

उनले शपथ ग्रहणपछि पदभार सम्हाल्दै आफूले बोलेर भन्दा पनि काम गरेको खण्डमा निराश हुनु नपर्ने बताएका हुन् ।

अर्थमन्त्री पुनले भने, ‘सजिलो छैन । यसअघि पनि सबैतिर समस्या भएका थिए । हामी अहिलेको समस्यामा अर्थतन्त्रमाथि आशा जगाउन सकिन्छ । यसमा सकारात्मक हुनुपर्छ । सबै क्षेत्र नराम्रो छैन केही क्षेत्र मात्रै नराम्रा र समस्यामा छन् । ती क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ । मैले बोलेर भन्दा पनि काम गरे भने निराश हुनुपर्ने कुरा छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस