कर्मचारीलाई अपमान गर्नेहरूको सूचना उपलब्ध गराइदिन बर्दियाका सिडिओको अनुरोध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्मचारीलाई अपमान गर्नेहरूको सूचना उपलब्ध गराइदिन बर्दियाका सिडिओको अनुरोध


२३ फाल्गुन २०८०, बुधबार


बर्दिया । कर्मचारीहरूलाई अपमान गर्दै लुकीछिपी विभिन्न प्रकारका दुर्व्यवहार गर्ने प्रयत्न भइरहेकोप्रति जिल्ला प्रशासन कार्यालय एवं जिल्ला सुरक्षा समिति बर्दियाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति बर्दियाका अध्यक्ष वेद प्रसाद खरेलले विज्ञप्ति निकालेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने कार्यमा सहयोग गर्न जिल्लावासीहरूमा अनुरोध गरेका छन् । ‘हाल केही समयदेखि बर्दिया जिल्लामा कथित सङ्घसंस्था वा अभियानको नाममा भ्रमपूर्ण/धम्कीपूर्ण अभिव्यक्ति दिने, कानुन विपरीतका कार्य गर्ने/गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैंकिङ्ग तथा वित्तीय संस्थाहरू विरुद्ध भ्रम छर्ने र कर्मचारीहरूलाई अपमान गर्दै लुकीछिपी विभिन्न प्रकारका दुर्व्यवहार गर्ने प्रयत्न भइरहेको तर्फ जिल्ला सुरक्षा समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउन तथा जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख हामी प्रतिबद्ध छौँ । यस कार्यमा आ-आफ्नो तह, क्षेत्रबाट सहयोग र सहकार्य गर्न तथा आपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्न गराउन समयमा नै सूचना उपलब्ध गराई सचेत नागरिकको कर्तव्य निभाउन हुन समस्त जिल्लावासीहरूमा हार्दिक अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस