माओवादी केन्द्रले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको छ । आज बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले काँग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिए ।

हिजो मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको थियो ।

मुख्यमन्त्री शाहले माओवादी बाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो । आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलिपल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने बहुमतमै रहेको छ । अहिले सम्म काँग्रेससहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन काँग्रेस नेतृत्वको सरकारलाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस