रुसी सेनामा कार्यरत नेपालीको उद्धार माग गर्दै पीडित परिवारले बुझाए ज्ञापनपत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुसी सेनामा कार्यरत नेपालीको उद्धार माग गर्दै पीडित परिवारले बुझाए ज्ञापनपत्र


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न माग गर्दै उनीहरूका परिवारका सदस्यले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा ज्ञापनपत्र बुझाएका छन् ।

रुसी सेनामा हाल कार्यरतहरूको उद्धार, मृत्यु भएकाहरूको शव फिर्ता र बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक गर्न भन्दै विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले ज्ञापनपत्र बुझाएको हो ।

पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले हालसम्म रुसी सेनामा भएका ६१८ जना परिवारको विवरण संकलन गरिएको बताएकी छन् ।

उनका अनुसार हालसम्म मृत्यु भएका १९, घाइते ११६, बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका २७२ र परिवारको सम्पर्कमा रहेका समेत गरी ६३० जना भन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस