काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि माधव नेपाल निवासमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली माधव नेपाल निवासबाट बाहिरिएलगत्तै लिङदेन त्यहाँ पुगेका हुन् ।
काँग्रेसले एमाले र माओवादीबाहेकको अर्को गठबन्धनको कसरत गरिरहेका बेला माधव नेपाल निवासमा विभिन्न दलका नेताहरूको ओहोरदोहोर बढेको हो ।