कर्णालीलाई हराउँदै कोशीको विजयी सुरुवात « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णालीलाई हराउँदै कोशीको विजयी सुरुवात


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा सुरु भएको छ । आज भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३८ रनले हराउँदै कोशी प्रदेश टिमले विजयी सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थियो । कोशीका कप्तान अंकित सुवेदीले सर्वाधिक ४६ रनको योगदान गरे ।

यसैगरी, सुजन थपलियाले ३८, समिर कार्कीले २०, दिपेश कँडेलले १४ रन जोडेका थिए । त्यसपछिका खेलाडिले दोहोरो अंक बनाउन सकेनन् । त्यस्तै मिनास थापाले ६, फिर्दुस अन्सारीले नटआउट ३ रन, श्रवण यादव र भुपाल दंगालले समान १ रन बनाएर बनाए । 

अनुज चनाराले २ विकेट लिए भने प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए । १४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको कर्णाली १८ दशमलव २ ओभरमा अल आउट भयो । उसलीले १०२ मात्रै बनायो । कर्णालीका लागि हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोडे ।

यस्तै, दिनेश अधिकारीले ११, दिवान पुनले १०, कप्तान रवीन्द्र शाहीले ९, अर्जुन घर्तीले ७, विपीन रावलले ६, निश्चल रावलले २, प्रकाश जैसी र अर्जुन चनाराले समान १–१ रन लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस